काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
गठबन्धन बदलिने संकेत देखेकाले यसअघि सरकारबाट बाहिरिने निर्णय गरेकाे र सरकारलाई दिएको समर्थन भने कायमै राखेकाे बैठकका निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल भएको छ । अझै समय बाँकी भएकाले कुनै निर्णय नगरिएको बुर्लाकोटीको भनाइ छ ।
‘आठ दलीय गठबन्धनबाट पनि सहयोगका लागि आग्रह भएको छ, एमालेले पनि पत्र पठाएरै सहयोग मागेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिका लागि पहल भइरहेको छ । यसमा पछि निर्णय गर्छौँ ।’
प्रतिक्रिया