पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना भ्रष्टाचारी ठहर

पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना भ्रष्टाचारी ठहर


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पूर्वमन्त्री बद्री न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले आम जनता पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

न्यौपानेसहित कांग्रेस सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ दोषी ठहर भएको विशेष अदालतले जनाएकाे छ । उनीहरुमाथि भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।