राष्ट्रपति निर्वाचन बारे देउवाले थाले पार्टी नेताहरुसँग छलफल

राष्ट्रपति निर्वाचन बारे देउवाले थाले पार्टी नेताहरुसँग छलफल



काठमाडौं । राष्ट्रपतिको निर्वाचन सम्बन्धमा नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा उक्त बैठक बसेको हो ।

यसै गरी, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकबारे जानकारी दिदै भने, “आज बिहान ९ बजे पार्टी सभापतिजीको घरमा उपसभापति, वरिष्ठ नेता, महामन्त्री, प्रमुख सचेतकसँग राष्ट्रपति निर्वाचनको तयारी सम्बन्धमा छलफल भयो”, छलफल सम्पन्न भइसकेको उनको भनाइ छ ।

बिहानको छलफलमा उपसभापति पूर्णबहादुर बस्नेत, वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

सरकारमा सहभागिता, सरकारले लिने विश्वासको मत र राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर छलफल भएकाे बताइएकाे छ ।