प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने



काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।