राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपति पदका साझा उमेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सरकारमा जाने विषयमा सकारात्मक भएको पनि बताए ।