प्रदेश १ को कोशी नाममाथि संशोधन दर्ता गर्न सांसदलाई दुई घण्टा

प्रदेश १ को कोशी नाममाथि संशोधन दर्ता गर्न सांसदलाई दुई घण्टा



विराटनगर । प्रदेश १ को नामकरणका निम्ति बुधबार बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ । कोशी नाममाथिको प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर बैठक स्थगित गरिएको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसले गरेको कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ । नाममाथि संशोधन परेपछि त्यसमाथि पनि आवश्यक छलफल हुनेछ । नभए कोशी नाम पारितका निम्ति निर्णयार्थ सदनमा पेस हुनेछ ।