२० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंक

२० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंक



काठमाडौं । राष्ट्र बैंकले तरलता अभावलाई मध्यनजर गरी २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले आजै रिपोको बोलकबोल गर्दै छ ।

बैंकले १४ दिन अवधिको रिपो जारी गरेको हो । यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलताको स्थिति न्यून देखिएको अवस्थामा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार केही समयको लागि बजारमा तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलताको स्थिति देखिएमा छोटो अवधि (सात दिनको) लागि तरलता प्रवाह गर्न प्रयोग गरिने उपकरण रिपो हो । यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरूबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रूपमा लिइ निश्चित ब्याज लिने सर्तमा बैंकले अल्पकालिन सापटी प्रदान गर्छ । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।