लोसपा हामीलाई सघाउन सकारात्मक छ : योगेश भट्टराई

लोसपा हामीलाई सघाउन सकारात्मक छ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले लोसपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगभेटवार्ता गरेकाे थियाे ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव भट्टराईले लोसपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्न सकारात्मक रहेको बताए ।

उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए । उनले भने,‘ लोसपाले भने पार्टीको बैठक २४ गते बस्ने र त्यसबाट निर्णय गर्ने भएको छ । यद्यपि सुवास नेम्वाङको उम्मेदवारीप्रति उहाँहरुको सकारात्मक प्रतिक्रिया पाएको छौं ।’