एमालेकाे मिसन ग्रासरुटमा भीम रावल सहभागी

एमालेकाे मिसन ग्रासरुटमा भीम रावल सहभागी



अछाम । पछिल्लो समय पार्टीको गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा डा. भीम रावले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन् ।

एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।

नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए । रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए ।

पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन् । उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका थिए । रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाललगायतका नेताहरुले आग्रह गरिरहेका छन् ।