एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं : ओली

एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् । ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन । 

बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताए ।

ओलीले विगतमा संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको पनि बताए ।