नेपालको धारिलो बलिङ, युएइ पतनतिर

नेपालको धारिलो बलिङ, युएइ पतनतिर


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले ५ विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले ५ विकेट गुमाएको हो ।

पहिलो, तेस्रो, पाँचौँ, छैटौँ र चाैधाैं ओभरमा यूएईले तीन विकेट गुमाएको हो । युएईलाई दबाबमा राख्न ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिएका हुन् । यूएईले ७ ओभरको समाप्तिमा चार विकेट गुमाएर १३ रन जोडेको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।