पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट


ग्लोब नेपाल
135
Shares

काठमाडौं । स्पिनर सन्दीप लामिछानेको पाँच विकेटमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो ।

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट, ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ।