कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेकाे हाे । बैठकमा मुख्यगरी उप–राष्ट्रपतिको चुनावबारे छलफल हुने बताइएकाे छ ।

चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।

गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । कांग्रेसको बैठकमा भोलि सरकार पुनर्गठन र मन्त्रीको विषयमा पनि छलफल हुने बताइएकाे छ ।