उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई रास्वपाले मत नदिने

उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई रास्वपाले मत नदिने


ग्लोब नेपाल
4.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।

रास्वपाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत नदिने भएकाे हाे । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने पार्टीकाे मान्यता रहेकाे एक नेताले बताए ।

रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको छ ।

जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेका छन् ।