उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा



काठमाडौं । उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएकाे छ । आयोगका अनुसार शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ ।

प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन् ।

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । सत्ता गठबन्धनले एक मात्र उम्मेदवार बनाउन छलफल गरिरहेको छ ।