चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।

आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा छलफल गर्ने प्रधानमन्त्री दाहालले बताए ।

उनले भने, “विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चारदिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।”