ईन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि तालिम

ईन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि तालिम


ग्लोब नेपाल
2.5k
Shares

पाेखरा । साेसाइटी अफ कन्सल्टिङ आर्कीटेक्चरल एण्ड ईन्जिनियरिङ फर्म (स्केफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय प्रवर्द्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग तथा स्थानीय सडक तथा पुल सहयोग इकाइको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकार, नेपाल सरकार, परामर्शदात्री संस्था, निर्माण व्यवसायी संस्था तथा स्थानीय सरकारका इन्जिनियरहरुको क्षमता अभिवृद्धिकरणको लागि पुलको डिजाइन र निर्माण सुपरभिजन सम्बन्धी कार्यक्रम उद्‍घाटन भएकाे छ । गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानबाट उक्त कार्यक्रमकाे उद्‍घाटन भएकाे हाे ।

कार्यक्रमको उद्‍घाटन गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री चुमानले सरकारी तवरबाट समेत हुन नसकेको यस्तो तालिम कार्यक्रमले यस क्षेत्रका ईन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि उल्लेखनीय भुमिका खेल्ने कुरामा विश्वस्त रहेको भन्दै आयोजक स्केफ नेपाललाई धन्यवाद दिए ।

स्केफका महासचिव ई. कमल कार्कीले अध्यक्षता गरेकाे उक्त कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार सचिव तुल्सीराम भट्टराई, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल र पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखरामा पहिलो पटक हुन गइरहेको यस तालिम कार्यक्रमले धेरै खुशी लागेको बताउदै कार्यक्रमको सफलताको शुभकामना दिइन् ।

स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर सकिल मानन्धरले तालिमको खाकाको जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश सरकार, सडक विभाग, परामर्शदात्री संस्था, निर्माण व्यवसायी संस्था र स्थानीय सरकारमा कार्यरत ४५ जना इन्जिनियरहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा स्केफ नेपालको पोखरास्थित सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै वरिष्ठ इन्जिनियर राजेन्द्र लिगलले अतिथि एवं सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको उद्देश्य र आवश्यकता तथा सहभागीताबारे प्रकाश पार्दै स्केफका महासचिव ई. कमल कार्कीले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरेका थिए ।