दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन

दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् । धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । गुरुङ १९०८ मतसहित निर्वाचित हुँदा गच्छादारले १९०६ मत ल्याएका थिए ।