राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गर्दैछौं : देउवा (पूर्णपाठ)

राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गर्दैछौं : देउवा (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौं । र उभिरहने बाचा गर्दैछौं ।’

त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उनको भनाइ छ । ‘त्यो मतदान राजनीति स्थिरताका लागि थियो । मैले त्यही बेला भनेको थिएँ – संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेका छन् । मुलुक अस्थिरता र अन्योलतामा जाने अवस्था बनेको छ ।’

उनले अगाडि भने, ‘हामीले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरिताका लागि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थियौं ।’

देउवाले संसद्बाटै सरकारमा सहभागी हुने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले प्रचण्ड बहुमतसहित विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।

उनले अप्रत्यासित रूपमा संसद् विघटन गरेर देशलाई नै संकटमा लैजाने कदमपछि फरक राजनीतिक परिस्थिति निर्माण भएको बताए । त्यो परिस्थितिको अझै निरन्तरता आवश्यक रहेका उनले जोड दिए ।

उनले लोकतन्त्र, संविधान र सिंगो व्यवस्थालाई दुर्घटनामा पुर्‍याउने कदमविरुद्ध बनेको गठबन्धनले अब पनि स्थायित्वका लागि काम गर्ने बताए ।