विश्वप्रकाशले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

विश्वप्रकाशले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन् । उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन् । ‘सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,’ उनले भने ।

नापी नभएको ठाउँमा नापी अभिलम्ब नापी, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्, लालपूर्जा वितरण र सुकुम्बासी व्यवस्थापनको अन्तिम मितिको घोषणा गरियाेस् भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।