५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि चौधरीकाे दाबी पेस

५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि चौधरीकाे दाबी पेस



बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेकपा एमालेका लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएपछि चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगाएतका ८ दल र एक स्वतन्त्र सासदकाे समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ। ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन् । प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अधि बढ्ने बताए ।