प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (आइतबार)बस्दै छ । वर्तमान संसद्को पहिलो अधिवेशनको १८औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९)’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि सभापति केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।