मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा



काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका छन् । आफूहरुको समस्या समाधानको माग लिएर उनीहरु काठमाडौं आएका हुन् ।

मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिन मात्र भएकाे छ । आज देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका छन् ।

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।