प्रतिनिधि सभा बैठकमा सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान

प्रतिनिधि सभा बैठकमा सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयबाहेक आकस्मिक समय लागु भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकबाट आकस्मिक समय सुरु गरिएको हो ।

उक्त समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाहीलगायत सांसदले बोलेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । 

अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए । 

‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने ।