सिंहदरबार बाहिरबाट मिटरब्याज पीडित पक्राउ

सिंहदरबार बाहिरबाट मिटरब्याज पीडित पक्राउ



काठमाडौं । सिंहदरबार बाहिरबाट प्रहरीले मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ ।