प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रहेका आचार्य सोमबार प्रेस सल्लाहकार नियुक्त गरिएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि आचार्य प्रेस सल्लाहाकार भएका थिए ।