कोरोना संक्रमणबाट एकजनाको मृत्यु

कोरोना संक्रमणबाट एकजनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ४३६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । आजसम्म २४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १३ जना आइसीयु र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।