सभामुखले बोलाएको तीन दलको बैठक स्थगित

सभामुखले बोलाएको तीन दलको बैठक स्थगित


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । 

संसदको बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक आह्वान गरेका थिए । 

तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने एकीन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले संसदको बिजनेस, संसदको विषयगत समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए ।