खराबभन्दा खराब बन्ने प्रतिस्पर्धा

खराबभन्दा खराब बन्ने प्रतिस्पर्धा



कहिलेकाहिँ साथीभाइहरुका बीचमा देशको अवस्थाका बारेमा छलफल हुँदा, हामी ठीक दिशामा छौं कि छैनौं ? भन्ने प्रश्नबाट प्रवेश गरिन्छ । ठीकै ठाउँमा छौं भन्ने उत्तर आउँदैन । फेरि प्रश्न उठ्छ कि गलत कहाँबाट भएको छ ? कसका कारण भएको छ ? आफ्नो ठाउँबाट हामीले ठीकठाक नै गरिरहेका छौं कि हामी नै गलत छौं ? आफू गल तगर्ने अनि अरुसँग मात्र असल कर्मको अपेक्षा राखिरहेका त छैनौं ? जब प्रश्न आफूतर्फ आउँछ, गम्भीतारपूर्वक गहिरिँदा हामी जो छलफलमा सहभागी हुन्छौं, हामीले त्यस्तो कुनै काम नै गरेका छैनौं, जसले देशको गतिमतिमा नकरात्मक प्रभाव छोडोस् । निरन्तर सकरात्मक बाटोमा अगाडि बढ्न सानो ठाउँदेखि माथिल्लो निकायसम्मलाई घचघच्याउने, सचेत बनाउने र आवाज दिने काम नै गरिरहेका छौं भन्ने देश, शासन प्रणाली, शासन शैली, नेतृत्व कर्मचारी संयन्त्र, न्यायलय, सञ्चार क्षेत्र, सार्वजनिक सेवा प्रवाह जस्ता विषयहरुमा त आफ्नो भूमिकाले कुनै अन्तुष्टि अभिव्यक्त हुनुपर्ने ठाउँ नै खुट्याउन सक्दैनौं ।

जब आफ्नो भूमिका खराब देखिन्नन तब सुरु हुन्छ को दोषी त यस्तो अवस्था र असन्तुष्टिको आउनुमा ? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र ? विश्लेषण गर्दै जाँदा देखिन्छ कि राजनीतिक नेतृत्वभन्दा पनि खराब प्रशासनिक संयन्त्र छ । सार्वजनिक सेवा प्रदायक संस्थाको कारण नै बेथिति, भ्रष्टाचार, बेइमानी र असन्तुष्टि प्रकट भएको देखिन्छ । सबैभन्दा जिम्मेवार त राजनीतिक नेतृत्व नै हो तर त्यो नेतृत्वलाई खराब र भ्रष्ट बनाउने काम कर्मचारीतन्त्रले गरेको देखिन्छ । भ्रष्टाचारको बाटो देखाउने काम कर्मचारीतन्त्रले गरेको छ । नीति, नियम, कानुन बनाउँदा आफूलाई केन्द्रमा राखेर बनाउने गरिन्छ । विज्ञता र अनुभवको प्भावमा राजनीतिक नेतृत्वलाई गुमराहमा राखेर आफ्नो हितलाई प्राथमिकतामा राख्ने काम नेपालको कर्मचारीतन्त्रले गरेको छ ।

देश बनाउनेभन्दा आफू बन्ने कुरालाई प्राथमिकतामा राख्दा राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रको सुमधुर समबन्ध बनेको देखिन्छ । कर्मचारीहरुको अनुकूल बनिदिने, नेतृत्व पाउँदा सहयोग गर्ने अलि लेनदेन तथा खानपिनको कुरा नमिल्ने वित्तिकै असहयोग हुने अजिवको व्यवहार र सम्बन्ध हुने भुक्तभोगीहरु बताउँछन् । कर्मचारीको मनोविज्ञान बुझेर उनीहरुलाई पनि खान दिने र आफू पनि खाने राजनीतिक नेतृत्वलाई काम र्ग तुलनात्मक रुपमा सजिलो रहेछ । जो खाँदैन र खुवाउँदैन, अलि कडाइ गर्न खोज्छ त्यसलाई काम नै गर्न नदिने, झगडा लगाउने, विवाद गराइदिने, भ्रष्ट मनोवृत्तिका कार्यकर्ताहरुबाट घेराउने, गोप्य निर्णय र सूचना चुहाइदिने, शक्तिकेन्द्रमा पठाउने, प्रधानमन्त्री र मन्त्रीका बीचमा असम्झदारी बढाउने, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीका बीचमा झगडा बनाइदिने, मेयर र उपमेयरलाई मिल्नै नदिने, अध्यक्ष र उपाध्यक्षबीच बोलचालै बन्द गराइदिनेसम्मको काम सम्बन्धित ठाउँका कर्मचारीबाट हुने गरेको विभिन्न घटनाहरुबाट देखिएको छ ।

सरसर्ती हेर्दा जे जस्तो दृश्यहरु देखिन्छन त्यसले गन्तव्य पहिल्याउन सकेको देखिँदैन । आफूलाई सुरक्षित बनाउने अभियान मात्र देखिन्छ । आफ्नो स्वार्थ र आफ्नाको संरक्षण नै मूलमन्त्र बनेको छ ।

यस्ता धेरै उदाहरण छलफलमा आउँछन् । त्यत्ति मात्र नभएर असल, राम्रा र इमान्दार व्यक्तिहरुको काम नै छैन । यिनीहरुबाट माखो मर्दैन भन्ने भाष्य पनि कर्मचारीहरुले नै बनाएको देखिन्छ । यो एक प्रकारको संक्रामक रोग भएको छ । यसमा विचौलिया दलाल, तस्कर, माफिया डन मात्र होइन राजनीतिक दलका कार्यकर्ताहरु नै क्रियाशील छन् । नेताहरुको घरदैलोमा विहान बेलुका चाकरीमा पुग्ने कार्यकर्ता, अवसरवादी समूह, विचौलिया अति नै सक्रिय हुने गरेको अनुभव साथीहरुले जस्ताको त्यस्ते प्रस्तुत गर्दा यहाँ इमान्दार मानिसलाई कठिन छ भन्ने निष्कर्ष निस्कन्छ ।

सरसर्ती हेर्दा जे जस्तो दृश्यहरु देखिन्छन त्यसले गन्तव्य पहिल्याउन सकेको देखिँदैन । आफूलाई सुरक्षित बनाउने अभियान मात्र देखिन्छ । आफ्नो स्वार्थ र आफ्नाको संरक्षण नै मूलमन्त्र बनेको छ । यस कर्ममा समाजका खराबभन्दा खराब मानिसको साथ, सहयोग र समर्थन लिन खोजिन्छ । जसले आफ्नो इच्छा, चाहना र स्वार्थभन्दा बाहिर जाने आँट नगरोस् । नेतृत्वले पत्याउने भनेकै कि त माग्न जानेलाई, कि त पु-याउन जानेलाई भन्ने बुझाइ आमवृत्तमा छ । माग्न जानेलाई आफ्नो इमान्दार सहयोगीको व्यवहार हुन्छ भने लिएर जानेलाई श्रोतको रुपमा ग्रहण गरिन्छ । यो एक किसिमको अलिखित सम्झौता जस्तो भएको छ । तलदेखि माथिसम्म हे-यो भने त्यही प्रवृत्तिका मानिसको झुन्ड सदावहार राजनीतिक नेतृत्वको दैलोमा देखिन्छ । उनीहरुको चाहाना बगेर प्राप्ति नहुने भएकाले खराबलाई पनि राम्रो भन्ने चरित्रलाई नेतृत्वले रुचाउँछ । जसले सम्पूर्ण राज्य संयन्त्रलाई भ्रष्ट, अनुत्तरदायी र निकम्ममा बनाएको छ ।

त्यसैले होला चारैतिर असन्तुष्टि पोखिएको छ । राज्यका अंगहरु असफल सावित हुँदैछन् । न्यायालयदेखि विश्वविद्यालयसम्मको अवस्था दयनिय, तदर्थ र अविश्वसनीय बनेको छ । वडा कार्यालयदेखि सिंहदरबारसम्म भ्रष्टचारको अखडा बनेको छ । त्यस्तै मानिसको छनोट र भर्ती भएको छ । थोरै राय बझाउने व्यक्तिलाई कहिकतै रुचाइँदैन । दास नै बनाउने र दास बन्न तयार हुने बीचको रोमाञ्चक गठबन्धन भएको छ । त्यो रिङभित्र असल र इमान्दार न प्रवेश गर्न सक्छन् न त अटाउन नै ! स्वदेशदेखि विदेशसम्म रहेका नेपालीहरुले प्रकट गरेको अविश्वास र असन्तुष्टिलाई सम्बोधन गरिएन भने ढिलो चाँडो दुर्घटना निश्चिछ त भन्ने चेतनासम्म यो भ्रष्ट र अनुत्तरदायी राजनीतिक तथा प्रशासनिक नेतृत्वमा देखिँदैन । यस्तो महँगो, खर्चिलो भष्ट तथा अविश्वसनीय पद्धति चलाउन सकिँदैन, सुधार र परिवर्तन आवश्यक छ भन्ने मतको सम्मान अझै हुने देखिँदैन ।