काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा २ बजेसम्म ४८ प्रतिशत मत खसेको छ ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको यहाँकाे मतदानमा ५८ हजार मत खसिसकेको निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।
“५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको छ,” उनले भने । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाताले भोट हाल्न पाउँछन् ।
चितवनमा ४३ स्थानमा १३८ मतदान केन्दहरु रहेका छन् । आज साँझ पाँच बजेसम्म मतदान केन्द्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने छन् । त्यसपछि मतपेटिकाहरु भरतपुर ल्याएर मतगणना सुरु गर्ने योजना मुख्य निर्वाचन अधिकृतको कार्यालयले बनाएको छ ।


प्रतिक्रिया