तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ ।
यहाँ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीले जानकारी दिए ।
मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।
यहाँ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् ।


प्रतिक्रिया