बारामा जसपाका यादवको अग्रता कायमै

बारामा जसपाका यादवको अग्रता कायमै


ग्लोब नेपाल
54
Shares

बारा । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।

२० हजार ५०० गणना गर्दा यादवले ९ हजार ९७९ मत प्राप्त गरेका छन् । उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७८७ मत सहित पछ्याइरहेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७९२ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १६७ मत पाएका छन् ।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् ।