गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान



पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन बिहीबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आइतबार निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूद्वारा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेशसभा भवन, नदीपुरमा संवत् २०८० साल वैशाख २१ गते बिहीबार १४:०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’