कञ्चनपुरमा अचेत फेला परेका पुरूषको मृत्यु

कञ्चनपुरमा अचेत फेला परेका पुरूषको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ । आइतबार भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा अन्दाजी ५५ वर्षीय पुरूष अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उक्त पुरूष गहुँ गोरो, उचाइ ५ दशमलव २ फिटका छन् । उनले कालो पाइन्ट, खैरो सर्ट, कालो कलरको हाइनेक, नीलो कलरको आस्कोट, टाउकोमा ढाका टोपी लगाएका छन् ।

पातलो शरीर कपाल र दाह्रीजुंगा फुलेको पुरूष अचेत अवस्थामा फेला परेकोमा महाकाली प्रादेशिक अस्पताल उपचारका लागि पठाइएकोमा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मृत्यु भएका पुरूषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।