सुडानबाट फर्किए १९ नेपाली

सुडानबाट फर्किए १९ नेपाली



आन्तरिक युद्धमा फसेको अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन् । सुडानमा दुई सुरक्षा निकायबीच अहिले द्वन्द्व चर्किएको छ ।

परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहसँग सम्पर्क गरेको थियो । इजिप्टस्थित दूतावासकै पहलमा सुडानमा रहेका १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको हो । तीमध्ये ६ जना युएईमै बस्ने भएका छन् भने बाँकी १३ जना नेपाल फर्कने भएका हुन् ।

तीमध्ये ८ जना बुधबार राति नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ भने बाँकी ५ जना बिहीबार आइपुग्नेछन् ।