मकवानपुरबाट ५१२ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरबाट ५१२ किलो गाँजासहित दुई जना पक्राउ



काठमाडौं । मकवानपुरबाट प्रहरीले झन्डै ५१२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन् । राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको घरबाट १८४ किलो १०० ग्राम गाँजा बरामद गरेको हो । 

उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।