एमाले सचिव टोपबहादुर रायमाझी बुटवलबाट पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी बुटवलबाट पक्राउ


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग उनको पनि मिलेमतो पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । रायमाझीलाई आजै काठमाडौं ल्याउने तयारी भएको छ ।

बुधबार मात्रै रायमाझीका छोरा पनि पक्राउ परेका हुन् । नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न व्यक्तिहरुले रायमाझीका बाबुछोराको नाम लिएको र उनीहरुसँग आर्थिक लेनदेन पनि पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बाबुछोराविरुद्ध पक्राउ पूर्जी लिएको थियो ।