न्याय प्रणाली छिटो छरितो बनाउँछु : कानुनमन्त्री गुरुङ

न्याय प्रणाली छिटो छरितो बनाउँछु : कानुनमन्त्री गुरुङ



काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताए । मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।

प्रधानमन्त्रीले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए । गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।