काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा


ग्लोब नेपाल
27
Shares

काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालबाट मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिन घोषणा गरेका हुन । उनले काठमाडौंभरि २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन आग्रह गरेका छन् । एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न नपर्ने मेयर साहको बताएका हुन् ।