काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाइदैन, टोपबहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारवाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए ।
उनीहरुले आफ्ना नेताहरु प्रकरणमा संलग्न भएपनि दोषी भए कडा कानुनी कारवाही गर्नुपर्ने जनाएका छन् । विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दबाबबिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।


प्रतिक्रिया