काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–८ मा डेरा गरी बस्ने धनकुटाका ५५ वर्षीय निङमा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई महाराजगञ्ज प्रहरी वृत्तबाट खटिएको प्रहरीको टोलीले गएराति घरबाटै पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी एकापसमा झगडा हुँदा निङमाको कुटपिटबाट मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया