जताततै लुटेराहरुको रजगज !

जताततै लुटेराहरुको रजगज !

धेरथोर आलोचनात्मक चेत भएको, राय बझाउने, असहमति प्रकट गर्ने, विचार, सिद्धान्त र आदर्शको अनि निष्ठा र त्यागको कुरा गर्ने व्यक्ति असान्दर्भिक हुन थालेको लामो समय भएको छ



आम मानिसलाई वर्तमान राजनीतिक नेतृत्वप्रति अलिकति पनि विश्वास र भरोसा नभएको देखिन्छ । सडकमा समय समयमा जनता उत्रन्छन् र आफ्नो सन्तुष्टि र आक्रोस अभिव्यक्त गर्छन् । जसलाई मिडियाले पनि साथ दिएको छ । प्रश्न सबै माथि उठेको छ । मिडिया र मिडियाकर्मीहरुमाथि पनि धेरै अनुत्तरित सवालहरु छन् । त्यस विषयमा पाठकलाई आश्वस्त बनाउने दायित्व र जिम्मेवारी सम्बन्धित सञ्चारगृहको नै हो । आफ्नो स्वार्थ अनुकूल हुने समाचार अली बढी प्रेसित गरेर छायाँ सरकारको भूमिकामा रहने गरेको आरोपप्रति ठूला सञ्चारगृह मौन नै छन् ।

आफ्नो हितमा चल्नेप्रति अली बढी नै उदारता देखाइने तथा केही मान्छेहरुलाई उनीहरुको क्षमताभन्दा धेरै माथि देखाउने र समाचार प्रकाशित र प्रसारित गर्ने काम भइ नै रहेको छ । तथापि केही घटना र सन्दर्भमा लेख्ने र जोखिम मोल्ने काम भएको छ । त्यसमा पनि आरोप नै छ कि शक्तिकेन्द्रहरुको आडभरोसा र निर्देशनमा त्यस्तो हुने गरेको छ । आफ्नै बलबुत्ता र क्षमतामा नभएर ‘अरु कसैको’ हित र चाहना बमोजिमका समाचार प्रेसित हुन्छन् । यस्ता धेरै घटना छन्, जसको उद्घाटन भएमा त्यस्ता सञ्चार संस्थाको पनि विश्वसनियता समाप्त हुन्छ । अनुभवी सम्पादकहरुको भनाइमा सञ्चालक, व्यवस्थापक र सम्पादकको बीचमा हुने मतभेदको मुख्य कारण नै यही हो । तर पनि मिडियालाई पत्याउनुपर्ने बाध्यता छ । समाजका विभिन्न पक्षलाई सार्वजनिक गर्ने तथा सुसुचित हुने गराउने भूमिका निर्वाह भएको छ ।

हाम्रा सञ्चार संस्थाहरुलाई धेरै मानिसको आचारण, चरित्र र हैसियत राम्रोसँग जानकारी छ । कस्तो मानिस तत तत् क्षेत्रमा आवश्यक छ, त्यसलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने ‘ज्ञान’ पनि नभएको होइन । तर भूमिका दिन वा लिन खेल्नुपर्ने भूमिका प्रेस चुक्ने गरेको छ । उपयुक्त ठाउँमा उपयुक्त पात्र राख्ने, पाउने र त्यसका निम्ति वातावरण बनाउने काममा जुन योगदान गर्नुपर्ने हो त्यो भूमिका निर्वाहा भएको छैन । आफ्नो तमाम स्वार्थहरुलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने गरिन्छ । स्वार्थ बाझिएको अवस्थामा मात्र प्रकट भएको उदाहरण दिने सम्पादकहरु धेरै नै छन् । देशमा भएका र हुने भ्रष्टाचार एवम् अनियमितताको राम्रो जानकारी भएर पनि त्यस्ता समाचारहरु सार्वजनिक नहुने समस्याबाट हाम्रो मिडिया ग्रस्त नै छ ।

जताततै भ्रष्टहरुको बिगबिगी छ भन्ने त स्पष्ट नै छ । भ्रष्ट, दलाल, तस्कर र माफियाले सबै क्षेत्र चलाएका छन् । राजनीतिमा त डन, व्यापारी र ठेकेदारहरुको एकलौटी जस्तै छ ।

यस बीचमा घटेका विभिन्न काण्डहरु र त्यहाँ भएको भ्रष्टाचार र अनियमिततामा प्रेस मौन बसेको छ । खराबभन्दा खराब मानिसको आगमन र प्रवेशको विषय समाचार बनेको छैन । जनताको आवाजलाई आकार दिने मिडियाले नै हो । आग्रह र पूर्वाग्रह नराखी आफ्नो व्यवसायिक जिम्मेवारी पूरा गर्ने सन्दर्भमा आफू चुकेको आत्मस्वीकारोक्ति गर्न सक्नुपर्छ । हामी ठीक छौं, अरु मात्र खराब हुन् भन्ने बुझाइ मात्र यथार्थ होइन ।

यो किन कोट्याइएको हो भने, नक्कली शरणार्थी सम्बन्धमा भएको अनुसन्धान र समातिएका ‘अलि ठूला माछा’ हरुको बारेमा राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय इच्छा ज्यादा भएको कुरा बाहिर आएको छ । यहाँका ठूला ठूला भ्रष्टाचार र घटनाहरु सामसुम बनाइएका छन् । यो पनि लुकाउने छुपाउने प्रयास भएको नै हो । तर शक्तिशाली देशहरु नै यसको पछाडि लागेको तथा उनीहरुले सम्पूर्ण प्रमाण देखाइदिएको भनी हल्ला छ । ओली, देउवा र दाहालको विगत र वर्तमान हेर्दा उनीहरुले यो जोखिम मोल्छन् भन्ने विश्वास नै लाग्दैन । नारायणकाजी वा प्रहरीको नेतृत्वले चाहेर भएको भन्नु पनि भ्रम नै हो । आफूभन्दा ठूलो शक्ति खडा भएको र यथेष्ट प्रमाण प्रस्तुत गरेको कारण यिनीहरु टसमस नै गर्न सकेनन भन्ने आम बुझाइ छ ।

जताततै भ्रष्टहरुको बिगबिगी छ भन्ने त स्पष्ट नै छ । भ्रष्ट, दलाल, तस्कर र माफियाले सबै क्षेत्र चलाएका छन् । राजनीतिमा त डन, व्यापारी र ठेकेदारहरुको एकलौटी जस्तै छ । बद्मासी गरेको र गर्न सक्ने योग्यता पुगेको व्यक्ति मात्र ‘योग्य’ हुने वैयक्तिक विवरण हेरेर नेतृत्वले आफ्नो गुटमा (गिरोह) मा समावेश गर्ने गरेको छ । धेरथोर आलोचनात्मक चेत भएको, राय बझाउने, असहमति प्रकट गर्ने, विचार, सिद्धान्त र आदर्शको अनि निष्ठा र त्यागको कुरा गर्ने व्यक्ति असान्दर्भिक हुन थालेको लामो समय भएको छ । समाज नै एक प्रकारले त्यस्तै त्यस्तै बन्दै गएको छ । पाखुरा बलियो भएको, खर्च गर्न सक्ने, बद्मासीको इतिहास बनेको, प्रहरीको हिरासत र जेलको अनुभव भएको, ठेक्कापट्टा गर्ने, गिटी बालुवाको का मगर्नसक्ने अथाएत् प्रकृतिको दोहन गर्न सक्ने वा गरेका अतिरिक्त अनुभवलाई रुचाइने गरिएको परिप्रेक्ष्यमा आफ्ना नागरिक नै बेच्न राज्य संयन्त्र नै प्रयोग गर्ने घटना घट्न अस्वभाविक होइन ।

हामी जस्तै मानिस त विगत २५–३० वर्षदेखि लेख्दै, बोल्दै, असहमति प्रकट गर्दै, सचेत बनाउँदै आएका हौं । गलत दिशामा गइरहेका छौं, सुधार आवश्यक छ, राम्रा मानिसले गर्ने हो राजनीति । राम्रो व्यक्ति अर्थात् उच्च नैतिक आचारण भएको, योग्य र सक्षम व्यक्तिलाई अगाडि बढाउ, ठाउँ देऊभन्दा तलदेखि माथिसम्म अनेक क्षेत्रमा लखेट्ने काम भएकोले यस्तो कहाली लाग्दो अवस्थामा आइपुगिएको हो । कसैले पनि नपत्याउने, हाम्रो घरभित्र अरु प्रवेश गरेर खानतलासी लिने, प्रमाण जुटाइदिने, मुद्दा चलाइदिने, कारबाही गरिदिने, धम्की र चेतावनी दिने, खतराको घन्टी बजाइदिने, अन्तर्राष्ट्रिय जमातबाट अलग गराइदिने सम्मको स्थितिमा पु-याउने काम हामीले नै निर्वाचित गरेका सरकार र हाम्रो संयन्त्रले ‘योग्य’ ठह¥याएको भ्रष्ट प्रशासनयन्त्रले गरेको हो । यस्तो पात्र र प्रवृत्तिलाई सार्वजनिक बाहिष्कार र बेइमानी गरेर अगाडि बढ्न निरन्तर नागरिक दबाब र मिडियाको खराबदारी आवश्यक छ ।