ए डिभिजन लिग : खुमलटारमाथि मछिन्द्रको प्रभावशाली जित

ए डिभिजन लिग : खुमलटारमाथि मछिन्द्रको प्रभावशाली जित



काठमाडौं । दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा सोमबार प्रभावशाली जित निकाल्दै फेरि उपाधि होडमा सामेल भएको छ । सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३-० ले पराजित गरेको छ ।

मछिन्द्रको जितमा ओलावाले आफिजले दुई तथा एन्ड्रिस निआले एक गोल गरे । यो जितपछि मछिन्द्रको १८ खेलबाट ३० अंक भएको छ । खुमलटार भने १७ अंकका साथ अन्तिम स्थानमा छ ।

सोमबारकै अर्को खेलमा हिमालयन शेर्पा र संकटाले १–१ को बराबरी खेले । दशरथ रंगशालामा भएको खेलमा हिमालयनका लागि म्यानुएल नानाले गोल गरे भने संकटाका तर्फबाट आयुष घलानले बराबरी गोल फर्काए । यो खेलपछि हिमालयनको २२ र संकटाको २१ अंक भएको छ ।