एमाले अध्यक्ष ओली संसद्मा बोल्दै, नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने

एमाले अध्यक्ष ओली संसद्मा बोल्दै, नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरु हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने कार्यक्रम रहेकाे छ । एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुन लागेकाे छ ।

यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।