काठमाडौं । अर्थमन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो ।
आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ ।
सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ । आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।
यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १९१३ अंकमा पुगेको छ ।
सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ ।
प्रतिक्रिया