गौर नरसंहारको १६ बर्षपछि सर्वोच्च अदालतमा सुनवाई हुदैँ

गौर नरसंहारको १६ बर्षपछि सर्वोच्च अदालतमा सुनवाई हुदैँ


ग्लोब नेपाल
216
Shares

काठमाडौं । गौर नरसंहारको १६ बर्ष पछि आज सर्वोच्च अदालतमा सुनवाई सुरु हुदैँछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो  दर्ता भएको रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुन लागेको हो। 

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई बिपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामाा आएको तत्काकालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा स‌‌ग्लन भएकाे भन्दै तत्कालिन फोरम अध्यक्ष उपेन्द्र यादव माथी कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफान्तहरु सर्वोच्च अदालतत पुगेका हुन ।