काठमाडाैं । साताको दोस्रो काराेबार दिन साेमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । साेमबार सेयर बजारमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमास सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पोने ३ अर्बको कारोबार भएको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये साेमबार बैकिङ, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।
सर्वाधिक होटल तथा पर्यटन उपसूचकको १०.७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । फाइनान्स उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया