इन्डोनेसियाका हिन्दूहरुको अनौठो परम्परा (फोटोफिचर)

इन्डोनेसियाका हिन्दूहरुको अनौठो परम्परा (फोटोफिचर)



इन्डोनेसियाको जाभा प्रान्तका हिन्दूहरु आज पनि १५ औं शताब्दीबाट चलनचल्तीमा रहेको परम्परालाई निरन्तरता दिइरहेका छन् । यादन्या कसादा भनिने उक्त परम्परालाई उनीहरुले निरन्तरता दिएका हुन् । यो परम्परामा पशु बली, भोजन र दक्षिणा ज्वालामुखीलाई चढाउँछन् ।

हजारौं हिन्दूहरु लावालस्कर लागेर ज्वालामुखी पहाडतिर उक्लेको दैनिकजसो देखिन्छ । कोही श्रद्धालु ब्रोमो पहाडबाट निस्केको ज्वालामुखीलाई बाख्रा चढाउन आएका छन् भने कोही अन्य पशु, कुखुरा, अन्न, तरकारी र पैसा ज्वालामुखी पहाडलाई चढाउँछन् ।

प्रत्येक वर्ष आफ्नो मनोकांक्ष पूरा गर्न हजारौं मानिस ब्रोमो पहाड पुग्छन् । जाबाका किसान सलामेत भन्छन्, ‘यो परम्पराअनुसार भगवानलाई एक किसिमको धन्यवाद अर्पण गरिएको हो । भगवानले हामीलाई समृद्धि दियो, त्यो हामी फर्काउँदैछौं ।’

दन्त्य कथाअनुसार विवाह भएको धेरै वर्षसम्म रोरोअध्यग नामकी रानीबाट सन्तान भएनन् । सन्तानका लागि रानीले भगवानसँग प्रार्थना गरिन् । भगवानले उनको पुकार सुने, त्यसपछि उनको २५ सन्तान जन्मियो । तर, अन्तिम सन्तान ज्वालामुखी पहाडलाई चढाउनुपर्ने सर्त थियो । कथाअनुसार अन्तिम छोराले आफ्नो अभिभावकको खुशीका लागि ब्रोमो पहाडबाट फाल हानेर भगवानमा अर्पण गरे ।

१५ औं शताब्दीमा जाबाका हिन्दू र बौद्ध राजाहरु त्यहाँका काविला हुन् । त्यही काविलामध्येका एक माहापाहितले ज्वालामुखी पहाडलाई पूजा गर्न थाले । त्यसपछि यो परम्परा चलेको हो । एक श्रद्धालु रोहिम भन्छन्, ज्वालामुखी पहाडलाई चढाउनकै लागि भनेर मैले आलु, चकलेट र दक्षिणा लिएर आएको छु ।’ पूर्वी जाभामा काविला जातिलाई आदिवासी मानिन्छ ।

कोभिड महामारीपछि पहिलो पटक ज्वालामुखीलाई भेटी चढाउन जानेको संख्या एकदमै ठूलो थियो । महामारीको दुई वर्ष यहाँका मानिसले धेरै कष्ट व्यहोरे । श्रद्धालु रोहिम भन्छन्, ‘म वर्षमा एक पटक ज्वालामुखी पहाडलाई भेटी चढाउँछु । मेरो आम्दानी पहिलेको तुलनामा बढ्न थालेको छ । त्यसैले ज्वालामुखी पहाडलाई भेटी चढाउन वर्षमा एक पटक आउँछु ।’

अर्को श्रद्धालु जोको प्रियान्तो भन्छन्, ‘भगवानले मलाई पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास छ ।’ यसबेला दोस्रो समुदायका मानिसहरु पनि त्यहाँ पुग्छन् । पहाडलाई चढाएका सामाग्री बटुलेर गुजारा चलाउनेहरु त्यहाँ पुगेका हुन् ।