सभापति देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा

सभापति देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा

एक सातासम्म उपचार हुने


ग्लोब नेपाल
2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

श्रीमती आरजु राणा देउवा भने सोमबार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पूर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन् । 

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखापरेपछि उनी तीन बर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए । उनी एक सातापछि स्वदेश फर्किने छन् ।