मन्त्रिपरिषद् बैठक बस्दैः मुख्यसचिव नियुक्त हुने

मन्त्रिपरिषद् बैठक बस्दैः मुख्यसचिव नियुक्त हुने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीबार) बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मुख्य सचिव नियुक्तिको निर्णय गर्न बोलाइएको बुझिएको छ । बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरिष्ठ सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको बुझिएको छ ।

मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ । डा. अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यसअघि अघि नै नियुक्त गर्न लागिएको हो ।